परिचय

केन्द्रीय तथ्याङ्क विभाग (CBS) तथ्याङ्क ऐन, २०१५ अन्तर्गत तथ्याङ्क सङ्कलन, सङ्ग्रह, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारका लागि केन्द्रीय निकायको रूपमा वि.सं. २०१५ साल पुस १७ गते स्थापना भएको थियो। यो विभाग सुरुमा अर्थ मन्त्रालय, त्यसपछि अर्थ आर्थिक विषय मन्त्रालयअन्तर्गत रहँदै पछिल्लो समय राष्ट्रिय योजना आयोग मातहत रहेर कार्य सम्पादन गरेको थियो यसले मुख्यतया जनगणना र सर्वेक्षणमार्फत समयसापेक्ष र भरपर्दो सामाजिक-आर्थिक तथ्याङ्कहरू उत्पfदन गर्दै आएको तथ्य स्मरणीय छ केन्द्रीय तथ्याङ्क विभाग स्थापना गर्नुको मुख्य उद्देश्य आवधिक विकास योजना, नीति तर्जुमा र निर्णय निर्माणमा आवश्यक तथ्याङ्क राष्ट्रिय योजना आयोग र अन्य सरकारी निकायहरूलाई उपलब्ध गराउनु हो । विक्रम सम्वत् २०७९ भाद्र २८ मा नयाँ तथ्याङ्क ऐन, २०७९ जारी गरियो ।यस ऐनले विगतको केन्द्रीय तथ्याङ्क विभागलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा स्तरोन्नति गर्ने प्रावधान राख्यो । फलस्वरुप विक्रम सम्वत् २०७९ आश्विन २७ गते राष्ट्रिय तथ्याङ्क कार्यालयको स्थापना भयो। हाल यो कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको छ । विगतमा केन्द्रीय तथ्याङ्क विभागको नेतृत्व महानिर्देशक (राजपत्राकिंत प्रथम श्रेणी प्राविधिक) बा भएको थियो भने हाल राष्ट्रिय तथ्याङ्क कार्यालयको नेतृत्व प्रमुख तथ्याङ्क अधिकारी (राजपत्राकिंत विशिष्ट श्रेणी, सचिव) बाट भइरहेको छ । समग्र रूपमा राष्ट्रिय तथ्याङ्क प्रणालीको प्रभावकारी सञ्चालनका लागि यस कार्यालयको भूमिका सधैं निर्णायक हुन्छ। तथ्याङ्कप्रदायक, तथ्याङ्क उत्पादक र प्रयोगकर्ताहरूबिनिरन्तर सहकार्य र सुसम्बन्ध राख्दै नेपालको तथ्याङ्कीय प्रणालीको विकास र सुदृढीकरणमा राष्ट्रिय तथ्याङ्क कार्यालय प्रतिबद्ध रहेको छ ।