तथ्याङ्कीय क्रियाकलापमा संलग्न नेपाल सरकारका केन्द्रीय निकाय लगायत प्रदेश र स्थानीय तहहरुको बीचमा समन्वय स्थापना गरी संघीय संरचना अनुरुपको तथ्याङ्क प्रणालीको विकास गर्ने ।
तथ्यमा आधारित नीति निर्माण तथा विकास व्यवस्थापन र प्रयोगकर्ताको माग सम्बोधन गर्न विश्वसनीय र गुणस्तरीय तथ्याङ्क उत्पादन गरी नियमित आपुर्ति व्यवस्था मिलाउनु ।
तथ्याङ्कीय कार्य व्यवस्थापनका लागि कानूनी र प्रक्रियागत सुधार गरी सस्थागत सुदृढीकरण गर्नु ।